arrow

सिण्डिकेटविरुद्ध गर्जिएका रुपनारायणको रोचक सरुवा, फेरि महासेठसँग आमुन्ने–सामुन्ने ?

‘मेलोमेसै केही पाइँन, श्रममा हाजिर हुने दिन यातायात मन्त्रालयमा हाजिर ठोकेँ’

logo
प्रकाशित २०७५ जेठ १३ आइतबार
Rup_Narayan-Bhattarai.jpg

काठमाडौं । यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराई फेरि यातायातमै पुगेका छन् । तर, यातायात व्यवस्था विभाग भने होइन । मन्त्रालय पुगेका हुन् । 

उनी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पुग्नु पनि कम्ता रोचक छैन । यातायात व्यवस्था विभागबाट मन्त्री रघुवीर महासेठको निर्देशमा उनी श्रम पुगे । फेरि उनै मन्त्रीको पहलमा मन्त्रालय पुगेका छन् । 

भट्टराईले हाम्राकुरालाई सुनाए, ‘यातायात व्यवस्था विभागबाट कर्मचारीले विदाई नै गरेका थिए । श्रममा शुक्रबार रमाना पाँए । आइतबार (आज) हाजिर हुनुपर्ने थियो । तर, बाटैबाट अर्को चिठी बोकेर मन्त्रालयमा हाजिर भए ।’ अचम्म लागिरहेको छ । आफैलाई थाहा छैन कहाँबाट के भयो ?

उनी आइतबार मन्त्रालयमा हाजिर भएका छन्. । उनले भने, ‘थाहै छैन । तर, के गर्नु सरकारको निर्णय पालना गर्नै पर्‍यो भनेर चिठी बोकेर चुपचाप हिँडे ।’ मैले त मेलोमेसै केही पाइन । श्रममा हाजिरै हुने दिन यातायातमा हाँजिर ठोकेँ । 

भट्टराई मन्त्रालयमा आएसँगै यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ भने ‘डेन्जर जोनमा’ परेका छन् । स्रोतले भनेको छ,–संघीय समाजवादी फोरम सरकारमा आए महासेठको मन्त्रालय फेरिने छ । फोरम सरकारमा सहभागि नभएपनि उनको पोटफिलियो फेरिने देखिन्छ । महासेठको जिम्मेवारी कुन बेला खोसिन्छ, टुंगो छैन ।’ भट्टराईको सरुवापछि महासेठलाई झट्का लागेको हो । 

सिन्डिकेटविरुद्ध उभिएका तत्कालीन महानिर्देशक भट्टराईले गृहमन्त्री रामबहादुर थापालाई निकै साथ दिएका थिए । सिन्डिकेट हटेपनि त्यसलाई व्यवस्थित गर्नुपर्ने थुप्रै काम बाँकी रहेकै समयमा यातायात व्यवसायीको दबाबमा भट्टराईको सरुवा गरिएको थियो । सिण्डकेट कार्यान्वयनको पक्ष फितलो बनाउन व्यवसायीको दबाबमा भट्टराईको सरुवा चाल चालिएको बताइन्छ । १३ महिना विभागमा रहेका महानिर्देशक भट्टराईले ८० कर्मचारीलाई विभागीय कारबाही गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ