गृहमन्त्रीज्यू धनगढी बजारमा गोली हानी लुट्ने को हुन?
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ १३ आइतबार
788
Shares
कैलाली। कैलालीको धनगढी चौराहास्थित सिद्धार्थ बैंकबाट पैसा झिकेर जादै गरेको एक जना व्यवसायीलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले गोली हानेर लुटेका छन् । धनगढी चौराहामा आईएमईको वुथ सञ्चालन गर्दै आएका ३२ वर्षिय निर्मल कुमार कार्कीलाई अज्ञात व्यक्तिहरुले गोली हानी लुटेका हुन् ।
बिहान १० बजे बैंकबाट पैसा झिकेर निस्के लगत्तै कार्कीलाई गोली हानी उनीसँग रहेको करीब ९ लाख रुपेया लुटिएको प्रहरीले जनाएको छ ।
बैंकबाट साईकलमा निस्केको केही मिनेटमै कार्कीलाई पिछा गरिरहेका उनीहरुले क्रिष्टल होटल अगाडि गोली प्रहार गरी उनको साथमा रहेको पैसाको झोला लुटेर लगेको प्रहरीले जनाएको छ ।
घाईते कार्कीको पाखुरामा गोली लागेको छ। उनको उपचार सेती अञ्चल अस्पताल भएको छ । गोली प्रहार गर्ने व्यक्तिहरुले लु ४० प ४४३८ नम्बरको अपाचे मोटरसाइकल प्रयोग गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सुरक्षा व्यवस्था देशभर चुस्त र दुरुस्त बनाउने गृहमन्त्री राम बहादुर थापा वादलको प्रतिवद्धता आएपनि दिनदहादै बीच बजारमा गोली हानी व्यवसायीको रकम लुटिएको घटनाले धनगढी बजारमा असुरक्षाको वातावरण सिर्जना गरेको छ। स्थानियहरुले तत्काल दोषीको पहिचान गरि कार्वाहीको दायरामा ल्याउन गृह प्रसासनसँग माग गरेका छन्।