बजाज मोटरसाइकल विरुद्ध यामाहा उत्रियो, भिडन्त कैलालीमा
प्रकाशित २०७५ जेठ १३ आइतबार
680
Shares
लम्की। कैलालीमा दुई मोटरसाइकल कम्पनीका स्थानिय एजेण्टहरुबीच चर्काचर्की परेको छ। नगरपालिकासँगको काम लिने सन्दर्भमा मोटरसाइकल कम्पनीका प्रतिनिधीहरुबीच चर्काचर्की भएको हो।
कैलालीको लम्कीचुहा नगरपालिकाले वडा अध्यक्षलाई बाडेको मोटरसाईकलको टेण्डर नै अबैधानिक भएको भन्दै यामाहा कम्पनी मैदानमा उत्रिएको छ। लम्कीस्थीत यमाहा कम्पनीका मोटरसाईकल विक्रेता जानकी ट्रेड एण्ड सप्लायर्सले टेण्डर नै अवैधानिक भएको भन्दै विरोधमा उत्रिएको हो।
लम्कीमा यामाहाको तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरि यही जेष्ठ ११ गते नगरपालिकाले वडा अध्यक्षलाई १ सय ५० सिसिका १४ वटा बाडेको बजाज कम्पनीका मोटरसाइकल अवैधानीक रूपमा, नगरपालिकाले टेण्डरको प्रक्रिया नपुगाई बाडेको दावी गरेको छ।
लम्कीस्थित यामाहा मोटरसाईकलको विक्रेता जानकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक हेमन्त रावलले आरोप लगाएका हुन्। यस बारेमा बजाजका प्रतिनिधीले भने केहि जवाफ दिएका छैनन।