arrow

विश्वप्रकाशको विष्लेषण –देशको समृद्धिका लागि राजनैतिक आग्रहमाथिको संस्कार !

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
bishwaprakash.JPG

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले देशको समृद्धिका लागि राजैतिक आग्रहमाथिको संस्कार जरुरी भएको बताएका छन् । उनले ट्वीटरमा सन्देश ट्वीट गर्दै विपक्षीले सघाउने प्रथम शैली विसंगति केलाएर ऐना देखाउने अनि खबरदारी गर्ने हो भनेका छन् । 

उनले दोस्रो शैली अन्तर्गत फरकमत थाती राखेर आवश्यक मोडमा साथ दिने बताएका छन् । त्यसैगरी उनले ‘त्यसैले सरकारको नीति तथा कार्यक्रमको कमजोरी औंल्यायो कांग्रेसले तर पारित गर्न विमति राखेन’, भनेका छन् । 

उनले यसअघि पनि यसरी नै विमति नराखी बजेटहरु पारित गरिने र सत्तापक्षले समृद्धिका लागि केही गर्छु भन्न खोज्दा विपक्षीले साथ दिएको भए मुलुकले फड्को मार्ने बताएका छन् । 

सरकारले गत सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम आइतबार प्रतिपक्षी दल काँग्रेसको मौन समर्थनमा पारित भएको थियो । 

यस्तो छ ट्वीटर –देशको समृद्धिका लागि राजनैतिक आग्रह माथीको संस्कार !
विपक्षीले सघाउने प्रथम शैली विसंगति केलाएर ऎना देखाउने अनि खबरदारी गर्ने । दोस्रो शैली, फरकमत थाती राखेर आवस्यक मोडमा साथ दिने । त्यसैले सरकारको नीति तथा कार्यक्रमको कमजोरी औंल्यायो कांग्रेसले तर पारित गर्न विमती राखेन !!



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ