arrow

विश्वकप खेल्नेमा सलाह विश्वस्त

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
salim.png

काठमाडौं । इजिप्ट तथा लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले आफू रुसमा हुन गइरहेको विश्वकप खेल्नेमा विश्वस्त रहेको बताएका छन् । शनिबार भएको लिभरपुल र रियल मड्रिडबीचको खेलमा काँधको चोटको सामना गरेका सलाहले चोटको बाबजुद रुस विश्वकपमा सहभागी हुने विश्वास व्यक्त गरेका हुन् ।

२५ वर्षीय खेलाडीले केइभमा भएको खेलमा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका थिए । सलाहले आफ्ना समर्थकहरुको साथ र मायाले आफूलाई अघि बढ्नका लागि शक्ति प्रदान गरेको बताएका छन् । जुन १५ मा इजिप्टले आफ्नो पहिलो खेल उरुग्वेसँग खेल्दैछ ।

यसअघि सलाहको चोट निकै गम्भीर रहेको बताइएको थियो तर इजिप्टको फुटबल संघले भने एक्स रेको विवरणले सलाहको चोट धेरै गम्भीर पनि नरहेको र रुस विश्वकपका लागि पनि स्वस्थ हुनसक्ने बताएको छ । अहिले देखिएको सुधारले सलाह आगामी विश्वकपमा उनी फिट हुनसक्ने इजिप्टको फुटबल संघले बताएको हो ।

सलाहले आफ्नो क्लबका लागि यो सिजनमा ४४ गोल गरेका छन् । शनिबारको खेलमा भने उनी विपक्षी टोलीका कप्तानसँग ठोक्किँदै चोट खाएर मैदानबाट बाहिरिएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ