arrow

लोकतन्त्र गुम्ने खतरा बढ्यो : शेखर कोइराला

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा शेखर कोइरालाले संघीय संसदमा आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन्। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस मौन बसेकै भोलिपल्ट डा कोइरालाले गृह नगर विराटनगर आएर यो पछिल्लो अभिव्यक्ती दिएका हुन् ।
 
पार्टी  भित्र प्रष्ट विचार राख्दै आएका कोइरालाले सोमवार गुराँस पुस्तकालको ४८ औ स्थापना दिवसमा भने , सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले की समर्थन जनाउनु पर्‍थ्यो की विरोध गर्नुपर्दथ्यो । मौन बस्नु दुर्भाग्य हो, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ। कांग्रेस मौन बस्नुले विरोध वा समर्थन के गरेको बुझ्न सकिएन ,कोइरालाको जिज्ञासा थियो । कांग्रेस सभापति शेरवहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट देखिदै आएका  कोइरालाले पार्टीमा जस्तै संसदमा पनि कांग्रेसको उपस्थिति सभापतिले कमजोर बनाएको टिप्पणी गरे।
 
संसदमा प्रतिपक्ष कमजोर बन्दा लोकतन्त्र कमजोर बन्ने खतरा बढछ कोइरालाले भने, कांग्रेसले प्रतिपक्ष जस्तो व्यवहार पनि देखाउन सकेन र काम पनि गर्न सकेन। संसदमा कांग्रेसको उपस्थिति न्यून भएपनि भूमिका शसक्त हुनुपर्ने उनको सुझाव थियो। प्रतिपक्षी सशक्त हुन नसक्दा सरकार तानाशाही बन्दै जाने उनको ठोकुवा छ।

आफ्नो कार्यकाल अझै ३ बर्ष बाँकी रहेको सार्वजनिक अभिव्यक्ति दिएका सभापति देउवासँग कोइरालाको प्रश्न थियो, विधान अनुसार निर्वाचित भएका सभापति विधान अनुसारनै १ बर्ष ९ महिनापछि स्वत हटनु हुनेछ । यसैपनि प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिले लोकतन्त्रमाथि काला बादलहरु देखापरिरहेको  अवस्थामा कांग्रेस सशक्त प्रतिपक्षी बन्न सकेन भने प्राप्त उपल्ब्धि गुमेर जाने खतरा कोइरालाले औंल्याए।

गणतन्त्र दिवसको अवसरमा वालकृष्ण ढुंगेललाई आम माफी दिने ओली सरकारको रवैयाले प्राप्त लोकतन्त्र गुम्ने खतरा बढेको उनको संकेत थियो। डा कोईरालाले न्यायपालिका दिनानुदिन कमजोर हुँदै गएको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ