arrow

राष्ट्रकविलाई क्याविनमा सारियो

logo
प्रकाशित २०७५ जेठ १४ सोमबार
ghimire.JPG

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सोमबारदेखि क्याविनमा सारिएको छ । घिमिरेको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ ‍(हाइकेयर युनिट)बाट सोमबार क्याविनमा सारिएको छोरी उषा अधिकारीले जानकारी दिईन् ।

उनले भनिन्, ‘अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।’ उहाँको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रविधि प्रयोग गरी उपचार भइरहेको छ । 

राष्ट्रकवि घिमिरेको भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका उहाँलाई सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि थप उपचारका लागि गत बुधबार नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । राष्ट्रकविलाई अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उपचार गरिरहेको छ । छोरी अधिकारीका अनुसार राष्ट्रकवि दुई तीन दिनपछि स्वदेश फर्किने छन् । सरकारले घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ