arrow

बालकृष्ण ढुंगेलबारे बोल्यो विवेकशील साझा पार्टी

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
bibekshil.JPG

काठमाडौं । सरकारले कर्तव्य ज्यान मुद्धामा जेलमा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेलको कैद मिनाहा गर्ने सरकारको तयारीप्रति विवेकशील साझा पार्टीले गम्भीर आपत्ति जनाएको छ । 

विवेकशीलले विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालका घटनाहरु मूलतः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गरिने भए पनि ढुंगेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो भन्ने कुरा सर्वोच्च अदालतको फैसलाबाट यसअघि नै स्पष्ट भैसकेको अवस्थामा अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु हो भनेको छ । 


यस्तो छ विवेकशीलको प्रेस विज्ञप्ति–
प्रेस वक्तव्य
मिति १४ जेठ २०७५

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहर भई हाल कैदको सजायँ भोगिरहेका बालकृष्ण ढुंगेललाई राष्ट्रपतिबाट माफी दिई जेलमुक्त गर्ने सरकारी तयारी प्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

सशस्त्र द्वन्द्वकालका घटनाहरु मूलतः सत्य निरुपण तथा मेलमिलाप आयोगबाट निरुपण गरिने भए पनि ढुंगेलको कैद सजाय आयोगको क्षेत्राधिकारभन्दा बाहिरको विषय हो भन्ने कुरा सम्मानित अदालतको फैसलाबाट यस अघि नै स्पष्ट भैसकेको छ।

गम्भीर अपराधमा संलग्न भएको भन्दै अदालतले पीडितका लागि खतरा समेत रहेको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै सरकारले कैद मिनाहा गर्न खोज्नु न्याय र विधिको शासनको खिल्ली उडाउनु हो।

ढुंगेललाई माफी दिने सरकारको तयारीको हामी पूर्ण विरोध गर्दछौं। द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन अग्रसर हुनुको साटो पीडित व्यक्तिहरुको भावनामा ठेस पुग्ने यस प्रकारको निर्णय नगर्न हामी सरकारलाई खबरदारी गर्दछौं ।

रमेश पौड्याल
केन्द्रीय प्रवक्ता
नेता, प्रदेश–३ प्रदेशसभा संसदीय दल
विवेकशील साझा पार्टी

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट दोषी ठहर भई हाल कैदको सजायँ भोगिरहेका बालकृष्ण ढुंगेललाई माफी दिने सरकारी तयारीको बिरोधमा विवेकशील साझा पार्टी अभियान बिभागको अग्रसरतामा देशका बिभिन्न स्थानमा गरिएका विरोध कार्यक्रमहरु भएका छन् । विशेषगरी काठमाडौं र पोखरामा विरोध कार्यक्रम भएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ