arrow

किन हेपिए अपांगता भएकाहरु ? के नेकपाको सरकार बलियाका लागि मात्रै हो ? 

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
apangata3.jpg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा अन्डरलाइन नेतृत्वको सरकारले अपांगता भएकाहरुलाई हेपेको छ । सरकारले स्पाइनल कर्ड इन्जुरी भएकाहरुलाई यसअघिको सरकारले दिँदै आएको जीविकोपार्जन भत्तासमेत काटेको छ । 

पीडितहरुले गत आइतबार आफूहरुलाई दिँदै आएको भत्ता दिएर सघाउन सरकारलाई आग्रह गरे । उनीहरुलाई बजेट आउनु पूर्वसन्ध्यामा माइतीघर मण्डला पुगेर सरकारी निर्णयको विरोध गर्दै दवावमुलक कार्यक्रम गरे ।  

माइतीघर मण्डलामा भेला भएर उनीहरुले आफूहरुको उचित व्यवस्था गर्न माग गरे । स्पाइनल कर्ड इन्जुरी संघर्ष समितिका संयोजक बाबुराम मिश्रले आफूहरुले पाउँदै आएको भत्ता काटेर सरकारले आफूहरुको झन् ठूलो अपमान गरेको बताए । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पुस १३ गते स्पाइनल कर्ड इन्जुरी भएकाहरुलाई जीविकोपार्जन भत्ता भन्दै सरकारले जनही पाँच हजार रुपैयाँ भत्ता दिँदै आएको थियो । 


प्रश्न खडा भएको छ के नेकपाको सरकारले बलियालाई मात्र हेर्छ ? 
तन्दूरुष्ट भएकाले जस्तासुकै काम गरेर पनि जिविकोपार्जन गर्न सक्छन् । अपांगता भएर आफ्नै शरीर धान्न नसक्नेले काम गर्न सक्ने कुरै भएन । तर सरकारको पहिलो कु–दृष्टि तिनै अपांगता भएकाहरु परेका छन् । 

सरकारले १६ खर्बको बजेट सार्वजनिक गर्दै गर्दा अपांगता भएका विशेषगरी स्पाइनल कर्ड इन्जुरी भएकाहरु हेपिएका छन् । एक पीडितले माइतीघर मण्डलामै जुलुसका क्रममा भनेका थिए, ‘नेकपाको सरकार त बलियाका लागि रहेछ, हामीजस्ता केही गर्न नसक्नेलाई त मार्नै खोजेको त होला नि ।’

माइतीघर मण्डलामा अधिकांश मानवअधिकारकर्मीहरु भेला भए । उनीहरुले स्पाइनल कर्ड इन्जुरी भएकाहरुको भत्ता पुनः दिएर थप ब्यवस्था गर्न ऐक्यवद्धता जनाए । उनीहरुले सरकारलाई सोच्न दबाब पनि दिए । 

के साँच्चै नेकपाको सरकारले अब निर्धाहरुका पक्षमा कुनै कदम चाल्दैन त ? के बलिष्ठकै राज चल्ने हो ? अपांगता भएकाहरुलाई बाँच्ने अधिकार छैन त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ