arrow

ओली सरकारको ‘जंगलराज’ भयो, अदालतको अनादर गर्यो –त्रिपाठी

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
tripathi.JPG

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ओली सरकारले जंगलराज गरेको आरोप लगाएका छन् । हत्यामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका बालकृष्ण ढुंगेललाई सरकारले माफी दिन नमिल्ने मुद्धा सर्वोच्च अदालतमा चलिरहँदा सरकारले रिहा गर्नु जंगलराजको नमूना भएको उनको ठहर छ । 

उनले भने, ‘अदालतले रिहा गर्न सिफारिस गरिएको कागज झिकाएको छ, यो अवस्थामा उनलाई रिहा गरियो भन्ने सुनियो, आज बहस छ, यस विषयमै झन् गम्भीर छलफल हुनेछ ।’

सरकारले विचाराधीन मुद्धामा त्यो गर्नु हुन्थेन भन्दै त्रिपाठीले सरकारले न्यायपालीकालाई बाइपास गर्न खोजेको देखियो भनेका छन् । उनले सरकारले अदालतलाई अनादर गरेको बताए । त्रिपाठीले कानुनी राज्यमा यो अतिवादीताले ठूलो क्षति पुर्याउने पनि बताए । 

सरकारले नै ढुंगेललाई रिहा गर्ने तयारी गरिरहेका अवस्थामा गत हप्ता त्रिपाठीले नै अदालतमा निवेदन हालेका थिए । त्रिपाठीले ढुंगेललाई रिहा नगराउन र निर्णय वदर गराउन गरी दुई वटा मुद्धा हालेका थिए । 

त्रिपाठीले समान्यतया कार्यालय समयमा कैदी रिहा हुने भन्दै यहाँ त बिहानै रिहा गरिएको छ भन्दै थप आपत्ति जनाएका छन् । उनले अदालतमा यसबारे गम्भीर बहस हुने पनि जनाए । 

अदालतले ढुंगेलको विपक्षमा फैसला भए फेरि पक्राउ गरेर जेल जाने पनि त्रिपाठीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ