arrow

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सशस्त्रद्धारा ट्रिपरचालक नियन्त्रणमा 

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
accident-final.jpeg

काठमाडौं । काठमाडौंको हलचोकमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान ९ः१८ बजेको समयमा हलचोक सशस्त्र प्रहरी बलको मुख्यालय अगाडि रिङरोडमा स्वयम्भुबाट बालाजुतर्फ जाँदै गरेको ट्रिपरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट नुवाकोट ओखरपौवा बस्ने ४५ वर्षीय शंकर कोइरालाको घटनास्थलमै मृत्यु भएको हो । ट्रिपर चालक भाग्न खोज्दा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको २० जनाको टोलीले चालकलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएको छ । 

दुर्घटनामा परेको मोटरसाइकल हलचोक प्रहरी प्रभागमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ