arrow

प्रदेश ५ मा ब्यानर बिनै मनाईयो गणतन्त्र दिवस

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ १५ मंगलबार
5-banner.jpg

बुटवल ।  गणतन्त्र दिवसको अवसरमा मंगलवार प्रदेश नम्वर ५ को अस्थायी केन्द्र बुटवलमा बिभिन्न कार्यक्रम गरि गणतन्त्र दिवस मनाईएको छ । बिशेष तामझाम सहित आयोजना गरी मनाईएको मुख्य समारोहमा कुन कार्यक्रम हो भनेर पहिचान दिने ब्यानर राखिएन ।  गणतन्त्र दिवस ब्यानर बिहिन हुदा स्थानीय के कार्यक्रम हो भनेर अन्योलमा परेका थिए । 

कार्यक्रम बुटवलको लुम्विनी बस टर्मिनलबाट प्रभातफेरी सहित गणतन्त्र स्मारक स्थल बुटवल मण्डपमा पुगेर बिशेष समारोह आयोजना गरि मनाईयो । बिहान बुटवलको बसपार्कदेखि बुटवलमण्डप स्थित गणतन्त्र पार्कसम्म प्रभातफेरी र त्यस पश्चात गणतन्त्र मुल समारोह सम्पन्न भयो । प्रभातफेरी र मुल समारोहमा प्रदेश सरकारका मन्त्रिहरु, जनप्रनिधि, कर्मचारी, सुरक्षा निकाय, उद्योगि व्यवसायी सहित सयौको उपस्थिति रहेको थियो । प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा भएको मुल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रि शंकर पोखरेलले  संघिय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दीगो शान्ति, सुशासन र समृद्ध राष्ट निर्माणमा सबै नेपाली एकजुट भई अघि बढन प्रेरणा दिने कामना गरे ।

उनले केन्द्रिय सरकारले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य अघि सारीरहेकोमा त्यसलाई सार्थक बनाउन प्रदेश सरकारले समृद्ध प्रदेश खुशि जनताको लक्ष्य अघि सारेको बताउदै राष्ट्र निर्माणको महाअभियानमा सहयोग गर्न सबै प्रदेशबासीमा आग्रह गरे ।मुख्यमन्त्री पोखरेलले आउदो बर्षदेखि  प्रदेश र स्थानीय तहका सरकारहरु प्रभावकारी जनतालाई प्रत्याभुति दिलाउने गरी अघि बढने पनि वताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अग्रेजलाई हराएको ऐतिहासिक जितगढी किल्ला रहेको बुटवललाई समृद्ध बनाउदै प्रदेश र देशलाई समृद्ध बनाउन सबै नेपाली एक जुट हुनुपर्ने वताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ