arrow

थप उपचारको लागि स्पेन जाँदै सलाह

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
salaha.png

काठमाडौं । लिभरपुल तथा इजिप्टका स्ट्राइकर मोहम्मद सलाह बुधबार आफ्नो काँधको चोटको उपचारका लागि स्पेन जाने भएका छन् । इजिप्टको फुटबल संघले दिएको जानकारीअनुसार रुस विश्वकपका लागि मध्यनजर गर्दै उनी उपचारका लागि स्पेन जाने भएका हुन् ।

च्याम्पियन्स लिगमा लिभरपुलको लागि यो सिजनमा ४४ गोल गरेका सलाह गत शनिबारको च्यम्पियन्स लिगको फाइनलमा चोटको सामना गरेसँगै उनले विश्वकप खेल्ने वा नखेल्ने भन्नेबारे अन्योलता देखिएको छ ।  आइतबार सलाहले सामाजिक सञ्जाल ट्वीटरबाट ट्वीट गर्दै आफूले विश्वकप खेल्नेमा विश्वस्त रहेको बताएका थिए । उनले यस्तो बताएको भोलिपल्टै थप उपचारका लागि उनी स्पेन जाने भएका हुन् ।

इजिप्टको फुटबल संघले सलाहको अवस्था विश्वकपसम्ममा पूर्णरुपमा समान्य भइसक्ने विश्वास व्यक्त गरेको छ । इजिप्टको फुटबल संघका अध्यक्षले सलाहको उपचार स्पेनमा लिभरपुल तथा राष्ट्रिय मेडिकल टोलीद्वारा हुने बताइएको छ ।


संघले सार्वजनिक गरेको विवरणमा आइतबारबाट उनले उपाचार सुरु भएको उनको स्वास्थ्यमा पनि शीघ्र सुधार आउनसक्ने बताइएको छ । साथै उनको टोलीमा आउनसक्ने सम्भावना पनि बलियो रहेको फुटबल संघको विवरणमा उल्लेख गरिएको छ । (एजेन्सी)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ