arrow

मन्त्रिपरिषद्द्वारा बजेट पारित

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं। मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५-७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान(बजेट) संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ। संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति संसद्को दोस्रो बैठकमा टेबुल गर्नुहुनेछ।

बैठकमा डा खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक–२०७५ र राष्ट्र ऋण उठाउने विधेयक–२०७५ पनि पेश गर्दै छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ