arrow

अब जताततै सुरुङ

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
yubraj1.JPG

काठमाडौं । अब सरकारले देशका विभिन्न स्थानमा सुरुङ बनाउने भएको छ । मंगलबार आर्थिक वर्ष २०७५–०७६ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सात ठाउँमा सुरुङ् निर्माणको काम सुरु गर्ने बताए । 

उनले पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा–नौविसे खण्डमा सुुरुङ निर्माण सुरु हुने बताए । यस्तै, काठमाडौंको टोखा–छहरे खण्ड, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा पनि सुरुङ निर्माणको सर्भेक्षण भई काम सुरु हुने अर्थमन्त्री खतिवडाले बताएका छन् । 

अरनिको राजमार्गको कोटेश्वर–जडिबुटी खण्ड, वीपी लोकमार्गको खुर्कोट–चियावारी र गणेशमानसिंह मार्गको थानकोट–चित्लाङ खण्ड र डोटीको वीपीनगर–खुटिया–दिपायल खण्डमा सर्भेक्षण गरी सुरुङमार्ग निर्माण प्रारम्भ गरिने अर्थमन्त्रीले बजेट भाषणमा सुनाए । 

उनले जटिल खालका सुरुङ खन्न उच्च प्रविधिका मेसिन, उपकरण उपलब्ध गराउन र ठूला आयोजनाको विस्तृत अध्ययन गर्न पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गर्ने, भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ