arrow

बढेन कर्मचारीको तलब : महँगी भत्ता र लुगामा टारे अर्थमन्त्रीले

logo
प्रकाशित २०७५ जेठ १५ मंगलबार
bajet1.JPG

काठमाडौं । सरकारले आउने आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब बढाएन । तलब नबढाई महँगी भत्ता २ हजार रुपैयाँ दिने भनिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको पोशाक भत्ता ७ हजार रुपैयाँबाट बढाएर वार्षिक १० हजार रुपैयाँ पुर्‍याएको सुनाए । 

यस्तै, कर्मचारीको तलब पुनरावलोकन गर्न तलब आयोग गठन गर्ने घोषणा पनि अर्थमन्त्री खतिवडाले गरेका छन् ।

बीमा रहम दुई लाख बनाईएको छ । जसमा ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने र ५० प्रतिशत कर्मचारीले व्यहोर्ने गरी बजेटमा ब्यबस्था गरिएको अर्थमन्त्री खतिवडाले बजेट भाषणमा सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ