arrow

मुक्ति कमाण्डरको पूर्णकदको सालिक

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
salik.jpg

धनकुटा । राणा विरोधी मुक्ति सेनाका धनकुटा कमाण्डर तथा प्रजातन्त्रका सेनानी २०१५ सालका धनकुटाका एम पी स्वर्गीय दगलसिंह सेन लिम्बुको मंगलबार १ नम्वर प्रदेशका प्रमुख डा गोविन्द तुम्वाहाङ्ग सुब्बाले धनकुटा सागुरीगढी गाउँपालिका डाडाबजारस्थित हात्तिटारको चौविसे उद्यानमा पूर्ण कदको सालिकको अनावरण गरे ।

सोही समारोहमा प्रदेश प्रमुख  सुब्बाले  स्वर्गीय सेनानी लिम्बुको सुपुत्र जनक सिंह सेन लिम्बुद्धारा सम्पादित दगलसिंह सेन एक प्रतिभा अनेक स्मृति संगालो पुस्तकको समेत विमोचन गर्दै धनकुटाका मुक्ति सेनाका कमाण्डर स्वर्गीय दगलसिंह लिम्बुले राणा विरोधी आन्दोलन तथा संघर्षमा साहसिक पूर्वक लडेर  सफलता प्राप्त गरेको बताए ।

कार्यक्रममा पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदम्बे,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई, सागुरीगढी र चौविसे गाउँपालिकाका प्रमुखहरु क्रमश कुमारजङ्ग याक्खा,खजिन्द्र राई ,सागुरीगढी वडा नं ५ का वडाध्यक्ष पलक वस्नेत लगायतले प्रजातन्त्रका सेनानी स्वर्गीय दगल सेन लिम्बु यस क्षेत्रको आस्था र प्ररणाको स्रोत भएको बताए ।

चौविसे उद्यान समितिका अध्यक्ष लिला थेगिम लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रजातन्त्र सेनानी  स्वर्गीय लिम्बुको सुपुत्र जनकसेन लिम्बुले गरेको र उनको जिवनी तथा योगदानको बारेमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले प्रस्तुत गरेका थिए । 

प्रजातन्त्रका सेनानी स्वर्गीय दलगसिंह सेन लिम्बुले २००७को क्रान्तिमा राणाविरोधी मुक्ति सेनाको धनकुटा कमाण्डर भै राणाहरुको सेनामाथि आक्रमण गर्दै सफलता प्राप्त गरेका थिए भने २०१५ सालको आम निर्वाचनमा धनकुटाबाट सांसदमा (एमपी) विजयी भएका थिए ।

सालिक अनावरण कार्यक्रममा प्रजातन्त्रका सेनानीहरु डम्वरजंग जवेगु, गोविन्द्र थापा, चक्रवहादुर बुडाथोकी, प्रेम सिंह सेन लिम्बु, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य दुर्गा सुवेदी, जिल्ला सदस्यहरु कमोठ फागो, हर्क चेम्जोङ्ग, नेपालधन राई, क्षेत्रिय सभापति जितेन्द्र राई, पाम्चथर क्षेत्र नं २ का सभापति नगेन्द्र लामा, नेविसंघका केन्द्रिय सदस्य ममता राई, जिल्ला उपाध्यक्ष टेकबहादुर कुँवर, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतका पत्रकारहरु र चौविसे तथा सागुरीगढीका जनप्रतिनिधिहरु लगायत स्थानीय वासिन्दाहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ