arrow

नेविसंघ उत्रियो अर्धनग्न भएर

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
nebisangh-nude-julus.jpg

काठमाडौँ । नेपाल विद्यार्थी संघले हत्याको आरोपमा जेल सजाय भोगेका बालकृष्ण ढुंगेललाई सरकारले आममाफी दिएको भन्दै कपडा खोलेर (अर्धनग्न) प्रदर्शन गरेको छ । 

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद् ढुंगेललाई आममाफी दिएको विरोधमा अर्धनग्न प्रदर्शन गरेको हो । 

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोप समेत लगाए । 

आइतबार मन्त्रिपरिषद्को बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ