arrow

बालकृष्ण ढुंगेल काण्डमा सुबोध प्याकुरेलले लेखे – श्री ५ को युगलाई स्वागत गर्

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
subodh.JPG

काठमाडौं । हत्यारा बालकृष्ण ढुंगेललाई सरकारले असल आचरणको नाममा जेलबाट रिहा गरेपछि आक्रोश बढ्दो छ । विशेषगरी मानवअधिकारकर्मीहरु रिसले आगो भएका छन् । सशस्त्र द्धन्द्धका उज्जनकुमार श्रेष्ठको हत्या गरेका ढुंगेलले पहिले ६ वर्ष र पछिल्लो समय ६ महिना जेल सजाय भोगे । बीचको समयमा उनी भागे । 

माओवादीका तत्कालीन सांसदसमेत भएका ढुंगेललाई अहिले नेपाल कम्युनिष्ट पार्टीले सत्ताको दूरुपयोग गर्दै ढुंगेललाई रिहा गरेको आरोप छ । राष्ट्रपतिले सरकारको सिफारिसमा गणतन्त्रको अवसर पारेर ढुंगेलको सजाफ माफी गरिन् । 

सर्वोच्च अदालतले रिहाको फाइल हेर्न खोजे पनि निर्णय गर्नुअघि नै ढुंगेल छुटेपछि राष्ट्रपतिको निर्देशनपछि यसमा कुनै अन्तरिम फैसला गर्न परेन भनेको छ ।

यो विषयमा मानवअधिकारकर्मी सुवोध प्याकुरेलले आक्रोश पोखेका छन् । उनले बुधबार बिहान ट्वीटरमा ट्वीट गर्दै भनेका छन् – अधिवक्ता शतिस मैनाली कान्तिपुर रेडीयोमा भन्दै हुनुहुन्छ, अदालतको निर्णयमा गम्भीर त्रुटि भएको र पीड़ित बालकृष्णले समेत न्यायालयले उनी माथि अत्याचार गरेको भन्नु भएकोले क़ैद मिन्हा गरियो। सन्देश – आयन्दा अदालती निर्णयको पुनरावलोकन र सुधार सरकारले गर्नेछ। श्री ५ को युगलाई स्वागत गर्।

प्याकुरेलले यसअघि मंगलबार पनि ट्वीट गरेका छन् –सरकारी परिभाषामा असल चालचलन भनेको थाहा पाई राख्नुस्र असल हुन मन छ भने यस्तो तरिकाले कुरा राख्न जान्नु पर्छ । 
 
अर्को ट्वीट उनले गरे –अपराधी करार हुने त के कुरा अभियोग पनि नलाग्ने उपाय छ्र भन्न सक्नु पर्छ, मेरा कारणले गणतन्त्र आयो मलाई नै समाउने ? गणतन्त्र ल्याउनुमा बरा गोरेको योगदान थिएन होला, कोइ बात छैन, जेल भित्रबाट यो मन्त्रोच्चारण गरुन, कैद मिन्हा भै जाने छ ।

अधिकारकर्मी प्याकुरेलले सरकारी रवैयाप्रति दह्रो कटाक्ष गरेका छन् । 

बालकृष्ण ढुंगेलको यो रिहाकाण्डले कार्यकालीकाको दादागिरी र न्यायपालिकामाथि गम्भीर प्रश्न खडा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ