arrow

विश्वकप फुटबलका जानिराख्नुपर्ने यी १८ तथ्यहरु

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
russia-2018.png

काठमाडौं । रुस विश्वकप फुटबल आउन अब केवल दुई हप्ता मात्र बाँकी छ र यसको रौनक पनि सुरु भइसकेको छ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको विषयमा धेरै कुराहरु यस्ता छन्, जुन सबैलाई थाहा नहुन पनि सक्छ –

१ विश्वकप फुटबल प्रतियोगिता रुसले पहिलोपटक आयोजना गर्न लागेको हो । 

२ यो विश्वकपमा रुसले ११ औं पटक सहभागिता जनाउन लागेको हो । विश्वकपमा रुसको सबैभन्दा ठुलो उपलब्धि सन् १९६६ को विश्वकपमा चौथो स्थानमा रहनु हो । 

३ सन् २०१४ को विश्वकप विश्वभरका तीन अर्ब २० करोड मानिसहरुले हेरेका थिए । यो संख्या विश्वको कूल जनसंख्याको करिब आधा हो । 

४ विश्वकप अहिलेसम्म २० पटक आयोजना भइसकेको छ र ब्राजिलले सबैभन्दा बढी पाँचपटक यो उपाधि उचालिसकेको छ । इटाली र जर्मनीले चार–चार पटक यो उपाधि जितेका छन् । 

५ सन् २००२ मा विश्वकप प्रतियोगिता पहिलोपटक दुई मुलुकहरुमा खेलाइएको थियो । यो विश्वकप दक्षिण कोरिया र जापानले संयुक्तरुपमा आयोजना गरेका थिए । 

६ विश्वकपको गोल गर्ने सबैभन्दा पाको उमेरका खेलाडी क्यामरुनका रोजर मिल्ला हुन् । उनले सन् १९९४ मा ४२ वर्षको उमेरमा रसियाविरुद्ध गोल गरेका थिए । 

७ सन् १९५० को विश्वकपमा खाली खुट्टा खेल्न नपाएको भन्दै भारतले विश्वकप नखेलेको भन्ने अफवाह सुनिने गरेको छ । 

८ यसपटकको विश्वकप फुटबलको एउटा खेल फिस्ट स्टेडियममा हुँदैछ, यो स्टेडियममा सन् २०१४ को सुरुवाती खेल र अन्तिम खेल खेलाइएको थियो । 

९ सन् १९३० मा भएको पहिलो विश्वकपको आयोजक र विजेता उरुग्वे थियो । 

१० सन् १९६६ को विश्वकपमा सात दिन विश्वकपको ट्रफी हराएको थियो । प्रतियोगिता सुरु हुनुभन्दा ठिक अगाडि यो ट्रफी हराएको थियो । 

११ २०१८ को विश्वकप आयोजना हुने सबैभन्दा पूर्वमा रहेको सहर एकटेरिङवर्ग र सबैभन्दा पश्चिमको सहर कालिङगार्डको बीचको दूरी १५ सय माइलको रहेको छ । यो दूरी मस्कोदेखि लण्डनसम्मको दूरीको बराबर हो । 

१२ सन् २०१४ को विश्वकपमा प्रतिखेलमा औसतमा ५३ हजार फ्यानहरु सहभागी भएका थिए । 

१३ सबैभन्दा धेरै गोल भएको विश्वकपको खेल सन् १९५४ को अष्ट्रिया र स्विट्जरल्याण्डको खेल हो । यो खेलमा अष्ट्रिया ७–५ गोल अन्तरले विजयी भएको थियो । 

१४ इटालीको नाममा विश्वकपमा सबैभन्दा बढी ड्र खेल्ने कीर्तिमान रहेको छ । उसले २१ पटक बराबरीको नतिजा निकालेको छ । 

१५ विश्वकपमा सहभागी भएका मुलुकहरुमध्ये सबैभन्दा कम खेल खेल्ने मुलुक इन्डोनेसिया हो । यो मुलुकले विश्वकपमा सन् १९३८ मा एउटामात्र खेल खेलेको थियो । 

१६ विश्वकपमा सबैभन्दा धेरै खेल हार्ने टोली मेक्सिको हो । यसले अहिलेसम्म विश्वकपमा २५ खेल हारिसकेको छ भने १४ मा जित र १४ बराबरी पनि खेलेको छ । 

१७ अहिले ३२ टोलीले सहभागिता जनाउन पाउने विश्वकपमा सन् २०२६ देखि यो संख्या ४८ पुग्नेछ । 

१८ विश्वकपको एउटै खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी रसियाका ओलेग सालेन्को हुन् । उनले एकै खेलमा पाँच गोल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ