arrow

किसानको जिपमा वडा अध्यक्षको मनपरी

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ १६ बुधबार
wadas.jpg

स्याङ्जा । जनप्रतिनिधि आएपछि जनताको काम छिटो छरितो हुने आशामा रहेका हरीनास गाँउपालिकाका वडा नं. ५ का जनता वडा अध्यक्षबाटै निरासा बनेका छन् । स्थानीय सरकारले जे पनि गर्न सक्छ भन्दै सो वाडका जनतालाई धम्काउने देखि लिएर मनपरी काम गर्न थालेपछि हैरानी भएका हुन् ।

सरकारले प्रधानमन्त्री कृषि परियोजना मार्फत हरीनास गाँउपालिका वडा नं. ५ र चापाकोट ३ , ४ लाई मकै ब्लकको रुपमा काम गर्दै आएको छ । कृषिमा निर्भर रहेका यहाँका किसानलाई मकै खेतीमा आत्मनिर्भर बनाउन मकै व्लक परियोजना शुरु भएको हो ।

स्थानीय उन्नतशिल कृषि पशुपालन सहकारी, कालीछाया सहकारी लगायत ३ सहकारी मार्फत यहाँका जनतालाई जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले दिएको वोलेरो जिप किर्ते हस्ताक्षर गरी १० बर्षका लागि वडा अध्यक्ष डम्वरबहादुर थापाले भाडामा प्रयोग गर्दै आएका छन् । किसानलाई चाहिने मल, विउविजन लगायत कृषि सामाग्री ढुवानीमा सहजता ल्याउन किसानलाई दिएको बोलेरो गाडी किसानको काम गर्नु भन्दा डोजरको तेल बोक्ने र ढुङ्गा बोक्ने प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् । मकै ब्लक समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवको किर्ते हस्ताक्षर गरेर १० बर्षका लागि ४ लाख भाडामा लिएको खुलेको छ ।

सरकारी सम्पतिमाथी समितिका पदाधिकारीलाई धम्काएर एकलौटी रुपले वडा अध्यक्ष थापाले गाडीको दुरुपयोग गरेपछि अहिले स्थानीयले मकै ब्लक समितिको ग २ च ५७१० नम्वरको जिप नियन्त्रणमा लिएर मल्याङ्कोट प्रहरीलाई जिम्मा लगाएका छन् । यस विषयमा छानविन भइरहेको प्रहरीले जनाएको स्थानीय पत्रकार गोपिकृष्ण रेग्मीले जानकारी दिए । अर्को तर्फ वडा अध्यक्ष थापाले अवैधरुपले ढुङ्गाखानी पनि संचालन गर्दै आएको रहस्य खुलेको छ । एमालेबाट निर्वाचित वडा अध्यक्षले जनताको मतको कदर गर्नु त कहाँ हो काहाँ उल्टै जनतालाई आफु जनप्रतिनिधि भएको भन्दै धम्काउने कर्तुतले स्थानीय जनता अत्यन्तै दुखी भएको रेग्मीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ