arrow

दूरसञ्चार ऐन बिपरित अर्थ मन्त्रालयले रकम माग गरेकोमा कर्मचारी युनियनको गम्भीर असमति

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार
authority-ministry.png

काठमाडौ । अर्थ मन्त्रालयले दुरसञ्चार प्राधिकरण कोषमा भएको रकम दुरसञ्चार ऐन २०५३ बिपरित माग गरिरहेको भन्दै प्राधिकरण स्वतन्त्र कर्मचारी युनियनले बिज्ञप्ती निकालेर बिरोध जनाएको छ ।

मन्त्रालयको दवावमा प्राधिकरणको नेतृत्व ऐन बिपरितको यस कार्यमा सहमत भए प्राधिकरणका अध्यक्षको राजिनामा माग्दै आन्दोलनमा उत्रिने समेत जनाइएको छ । युनियन र प्राधिकरण बिच बिगतमा भएका कर्मचारीहरुको सुबिधा बढाउने बिषयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै रोष प्रकट गरेको छ ।

प्राधिकरण स्वतन्त्र निकाय भएको र दुरसंञ्चार ऐनमा समेत प्राधिकरण आफैले दुरसंचारको बृद्धि र बिकासममा खर्च गर्न सक्ने अवस्थामा मन्त्रालयले कुन प्रयोजनको लागि माग गरिएको हो, यस्तो कार्यमा गम्भीर असमति रहेको कर्मचारी युनियनका अध्यक्ष बिजय कुमार राय यादवद्धारा हस्ताक्षरित बिज्ञप्तीमा बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ