धनमतिको पिडा : ८ महिना अघि भिरबाट ढुङ्गा खसेर खुट्टा भाचियो, उपचार भएन
दयारम पण्डित,
प्रकाशित २०७५ जेठ १६ बुधबार
936
Shares
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ५ कोर्ध बस्ने ४१ बर्षिय धनमति बढुवाल उपचार अभावमा भौतारी रहेकि छन् । गएको असोजमा भिरबाट ढुङ्गा खसेर उनको खुट्टा भाचिएको थियो । आफन्त नहुँदा र आर्थिक अभावमा उनले अपाङ्ग जिवन विताइ रहेकि छन् ।
धनमति बढुवाल श्रीमान मान सिं बढुवाल तिन बर्ष पहिला भिर बाट लडेर मृत्यु भएको थियो । अहिले उनी र उनकि छोरी चन्द्रा कुमारी बढुवाल मात्र छन् । खुट्टा भाचिएको केही महिना सम्म उनलाई अस्पताल सम्म पुयाउने कोही नभएपछि उनले घरमै पिडा सहदै बसिन् । गएको बैशाखमा गाँउलेको साहारामा जिल्ला अस्पताल बाजुरामा उपचारमा आईन् । जिल्ला अस्पताल बाजुराले यहाँ उपचार नहुने भन्दै जिल्ला बाहिर रिफर गरयो । तर उनि सँग न आर्थिक भयो, न उपचार गर्ने कुनै आफन्त नै नभएपछि भाचिएको खुट्टाको पिडा सहदै घरमै तडपिरहेकि छन् ।
श्रीमानको भिरबाट लडेर मृत्यु भयो, जेठाजु, देबर भएपनि एकल महिला छोरा समेत छैन् भनेर हेला हाल्ने गरेको रुदै उनले भनिन् । आफु अपाङ्ग भएपछि छोरीलाई माइती घर वडा नम्बर १ सल्यानमा पठाएको बताईन् । छोरी उतै बस्छ दुई कक्षामा पढने गरेको वताईन् । आफु पनि श्रीमान बितेपछि आफुले पाँउने सम्पति समेत नपाएपछि अहिले नन्द नाता लाग्ने केजि खड्काको घरमा बस्दै आएको वताईन् । उपचारको लागि सबै तिर गुहार गरे, तर कतै बाट सहयोग भएन्, कतै जाँउन भने हिड्न नसक्ने पिडा सहदै बसेको छु । उपचार भन्दा पनि रोएर दिन काट्ने गरेको वताईन् ।
जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र बिश्वकर्माले जिल्लामा उपचार सम्भब नहुने वताए । अप्रेशन गर्नु पर्ने भएकाले धनगढी नेपालगञ्ज लिनु पर्ने वताए । उनलाई ५० हजार जति भए उनको उपचार हुन सक्ने बताए । बडिमालिका नगरपालिकामा नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम गाँउ गाँउमा सञ्चालन गरेको छ । हामी संग यि महिलाको पिडाबारे जानकारी प्राप्त थिएन । जानकारी भयो अव नगरपालिकाले के सहयोग गर्नु पर्छ हामी तयार छौं उपमेयर कविता विष्टले भनिन् । धेरै महिलाहरु आर्थीक अभाबमा रोग पाल्दै आएका छन् । अर्को धेरै महिला हिशां भोग्दै आएका छन् । आर्थिक अबस्था कमजोर वर्ग न्यायको पहुँचमा पुग्न सकेका छैनन् ।