arrow

सुनसरी कांग्रेसले लियो बन्द फिर्ता

logo
प्रकाशित २०७५ जेठ १६ बुधबार

धरान । नेपाली कांग्रेस सुनसरीले सुनसरी बन्दको कार्यक्रम फिर्ता लिएको छ । यस अघि पार्टीको महासमिति सदस्य तथा नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको गैरकानुनी पक्राऊको विरोध गर्दै विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने क्रममा सुनसरी बन्दको कार्यक्रम समेत घोषणा गरेको थियो ।

 जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले एक विज्ञप्ति प्रकाशित गर्दै आम जिल्लावासीहरुको अनुरोधलाई मनन् गर्दै सुनसरी जिल्ला बन्द गर्ने आन्दोलनको कार्यक्रमलाई फिर्ता लिई इटहरीमा विरोध सभाको आयोजना गर्ने बताइएको छ । विज्ञप्तिमा अविलम्व गुरुङलाई रिहा गर्न पनि माग गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ