कैलाली, लम्की । सात नम्बर प्रदेशको प्रबेशद्वार कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको कैलाशधाम तीर्थ स्थलमा नेपालकै नमुना मन्दिर निर्माण हुने भएको छ । करीब १० करोडको लागतमा निमार्ण हुन लागेको मन्दिरको निमार्ण कार्य करीब ८ बर्षमा सम्पन्न हुनेछ ।
करीब ६ करोडको लगानीमा निमार्ण हुन लागेको मन्दिर ५ बर्षभित्र निमार्ण कार्य सम्पन्न गर्ने लक्ष लिएको थियो । तर बजेटको अभाबमा समयमै काम सम्पन्न गर्न सकीने सम्भाना न्युन रहेको संस्थाका महासचिव देवानन्द न्यौपानेले बताए । पछिल्लो समयमा महंगी बढेकाले मन्दिर निमार्णमा करीब १० करोड लगानी पुग्ने आकलन गरिएको छ । नेपालकै नमुना मन्दिरको रुपमा निमार्ण हुन लागेको मन्दिमा एक सय ८ वटा देवी देवताका मन्दिर रहनेछन । भने मन्दिरको प्रबेशद्वार नेपाली संस्कृति झल्कीने प्यागोडा शैली र मन्दिको मुख्य भागमा भारतको भल्को संस्कृति भल्कने शिखर शैलीको रहनेछ ।
धाममा मन्दिरका साथै बृहत आधुनिक गौशाला, नौमुठे गाई, सामुदायिक आयुर्बेदिक चिकित्सालय, बृद्धाआश्रम, गुरुकुल, बिश्रामघाट, चिताघाट निमार्ण गरीने छन । भने बिश्राम बाटीकाको समेत निमार्ण हुने विश्व हिन्दु एकता परिषद् नेपाल कैलाशधाम तीर्थस्थलका महा सचिव देवानन्द न्यौपानेले जानकारी दिए । मन्दिर निमार्णको लागि यस आर्थिक बर्षमा लम्कीचुहा नगरपालिकाले २० लाख र घेरा पर्खालको लागि पुरातत्व विभागबाट ८ लाख बजेट परेको छ ।
लम्कीचुहा नगरपालिकाले दिएको बजेटबाट हाल मन्दिरको लेन्टर भैरहेको छ । पहिलो चरणको छत ढलानको उद्घाटन गदै नगर प्रमुख महादेव बजगाईले यस क्षेत्रको पर्यटन विकासको लागि सबै लाग्नु पर्नेमा जोड दिएका छन् । सात नम्बर प्रदेशको प्रबेश द्वारको रुपमा रहेको लम्कीचुहा नगरपालिकाको कैलाशधाम तीर्थस्थल बल्चौरमा निर्माणधिन अवस्थामा रहेको अष्टोउत्तर सत् महालक्ष्मि मन्दिको छतढलान उद्घान गदै नगर प्रमुख बजगाईले यस क्षेत्रको आर्थिक सम्बृद्धिको लागि आन्तरिक तथा बाहिय् पर्यटकहरुलाई प्रर्बधन गर्नु अहिलेको आवश्यक्ता रहेको औल्याए।
कैलाशधाम तीर्थस्थलमा निमार्ण हुन लागेको मन्दिर लम्कीचुहा नगरपालिकाको मात्र नभएर सात नम्बर प्रदेशकै गहना भएको बताउनु भयो । जलमार्गको प्रशस्त सम्भावना बोकेको मानसरोबर बाट बग्दै आएको कर्णाली नदिको महत्व धार्मिक, ऐतिहासिक रहेको बताउदै अब यस क्षेत्रको पर्यटन विकासलाई कसैले रोक्न नसक्ने बताए ।
कैलाशधाम तीर्थ स्थलको विकासको लागि समितिले लिएको लक्ष र उदेश्य एकदमै उत्कृष्ट रहेको बताउदै लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले धन्यबाद दिनु भयो । कैलाशधाम तीर्थस्थलको विकासमा वडा कार्यलय सधै लागि रहने प्रतिबद्धता समेत जनाएका थिए ।
कार्यक्रममा बोल्दै कैलाशधाम तीर्थस्थलका अध्यक्ष लक्षिराम रिमालले वडा कार्यालय र नगरपालिकाले गरेको सहयोग प्रति आभार ब्यक्त गदै सम्पती नगरपालिककै भएको बताए । सार्बजनीक धार्मिक संस्थाको रुपमा स्थापित कैलाशधामको विकासमा यस क्षेत्रका सबै स्थानियको ध्यानजान जरुरी रहेको बताउदै धाम प्रदेशकै गहना र सम्पती भएको बताए ।