arrow

महेन्द्रनगरमा गाँजा फाँड्दै प्रहरी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ जेठ १६ बुधबार
gaja1.jpg

पुनर्वास । लागू औषध नियन्त्रण गरि समाजमा अपराधिक गतिविधि नियन्त्रण गर्न महेन्द्रनगर स्थित भिमदत्त नगरपालिका क्षेत्रमा उम्रेको गाँजा फाड्न प्रहरी सक्रिय बनेको छ ।

लागु औषध चरेस उत्पादनमा मुख्य कच्चापदार्थ का रुपमा रहेको गाँजा नियन्त्रण गर्न लागु औषध नियन्त्रण व्यूरो र वडा प्रहरी कार्यालय महेन्द्रगरले सक्रियता देखाएको हो । बुधबार प्रहरीले  डेढ विगाह जमिनको गाँजा खेती नष्ट गरेको छ ।

बुधबार व्यूरो र वडा प्रहरी महेन्द्रनगरको संयुक्त टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका वडाहरुमा रहेको गाँजा खेती नष्ट गरेको हो । लागु औषध नियन्त्रण व्यूरो कञ्चनपुरका प्रमुख प्रहरी नायब निरीक्षक धनन्जय कुमार मल्लले भीमदत्त नगरपालिका–३ र ६ मा आफँै उम्रेको गाँजा नष्ट गरिएको बताए ।

प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले नगर क्षेत्रमा लागु औषध नियन्त्रणका लागि वडा प्रहरी कार्यालय सकृय रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध नियन्त्रणका लागि जिल्लाव्यापी अभियान थालेको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले लागु औषधका कारण समाजमा अपराध बढ्दै गएकाले त्यसलाई निरुत्साहित गर्न लागु औषध नियन्त्रण अभियान थालिएको बताए । उनका अनुसार दुई महिनाको अबधिमा लागु औषध सम्बन्धि ३० मुद्दा दायर गरी कार्वाही प्रकृया अघि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ