arrow

महिलालाई सामूहिक बलात्कार गर्ने दुई युवा फरार

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ जेठ १६ बुधबार

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा दुई युवकबाट एक महिला सामूहिक वलात्कारको सिकार भएकी छिन् ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ का बिक्रम चेम्जोङ र भिम नेम्बाङले आफुलाई सामूहिक बलात्कार गरेको पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । त्यसै ठाँउमा पाहुना आएर आफ्नो घर फर्कंदै गर्दा ती दुई युवाले आफुलाई बलात्कार गरेको पीडितले पाँचथर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडितले प्रहरीमा जाहेरी दिएपछि पीडक दुबैजना फरार रहेको प्रहरीले जनाएको छ । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीको आधारमा प्रहरीले चेम्जोङलाई मुख्य अभियुक्त र नेम्बाङलाई मतियारको रुपमा मुद्धा दर्ता गरेर फरारको खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ