arrow

‘संगठन बलियो बनाउने दायित्व कार्यकर्ताको काँधमा’

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
krishna-prasad-sitoula.jpg.jpeg

नेपालगञ्ज।  नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको कमजोर हुँदै गएको संगठन बलियो बनाउने दायित्व अब कार्यकर्ताको काँधमा आएको बताएका छन्। दशौं गणतन्त्र दिवसका अवसरमा बाँके काँग्रेसले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिदृश्य र नेपाली कार्यदिशा’ विषयको एक विचार गोष्ठीमा उनले भने, “पार्टी नेतृत्व गति छाडा भयो भने त्यसलाई तह पनि कार्यकर्ताले लगाउनुपर्छ।”

“नेपाली काँग्रेस जनप्रिय पार्टी थियो, हो र रहन्छ, तर नेतृत्व पार्टीमुखी नभएका कारण यसको संगठन मात्र कमजोर भएको हो”, उनले भने।

नेता सिटौलाले नेपालको राजनीति जनमुखी हुन नसकेका कारण नै जनता पार्टीप्रति विरक्तिएका छन्, यो कुरा हामीले समयमा बुझ्नु सकेनौँ भने राजनीतिक दुर्घटनाको खाडल झन् फराकिलो हुँदै जान्छ भने। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ