कृष्णनगर। तौलिहवाबाट देखि बहादुरगंज आउदै गरेको भारतीय नम्वर प्लेटको स्कर्पियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तौलिहवा-बहादुरगन्ज सडकखण्डको कृष्णनगर नपा–८ जमुनी गाउमा जिजे ५ सवजि १७८५ नम्बबरको स्कर्पियो अनियन्त्रित भै दुर्घटना भएको थियो ।
कृष्णनगर नगरपालिका–६ पटना निवासी ५० वर्षीया जहिरुल्ला हसन मुसलमानको घटना स्थल मै मृत्यु भएको इप्रका बहादुरगंजले जनाएको छ । यस्तै, चालक फैजन मुजावर र अर्का यात्रु छोटु बढईकाो शिवराज अस्पताल बहादुरगंजमा उपचार भैरहेको छ । गाडीमा रहेका सात जना मध्ये चार जना सामान्य अवस्थामा घर फर्किएको प्रहरीले जानकारी गराएका छन ।