arrow

हिमाल पारीको जिल्ला मनाङमा प्रेस युनियनको नयाँ शाखा

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
press-union1.jpg

काठमाडौं । हिमाल पारीको जिल्ला मनाङमा नेपाल प्रेस युनियनको शाखा विस्तार गरिएको छ । बुधबार मनाङको सदरमुकाम चामेमा प्रजातान्त्रिक पत्रकारहरुको भेला आयोजना गरी जिल्लाको प्रेस युनियनको तदर्थ समिति गठन गरिएको हो ।
 
प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलको प्रमुख आतिथ्यमा बसेको उक्त भेलाले ११ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरेको हो ।

नविन लामिछानेको अध्यक्षतामा गठन गरिएको ११ सदस्यीय समितिको उपाध्यक्षमा गम्भीरजंग विश्वकर्मा, सचिवमा थुतेन लामा, सह–सचिवमा मिनकाजी गुरुङ र कोषाध्यक्षमा इन्द्रकुमारी श्रेष्ठ लामा रहेका छन् ।

बुधबारको सो भेलामा प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटी, पूर्व अध्यक्ष समिरजंग शाहले प्रेस युनियनको तदर्थ समितिलाई शुभकामना दिएका थिए।

केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, पूर्व केन्द्रीय सदस्य मिलन शर्मा पनि कार्यक्रममा सहभागि थिए। २० जनाभन्दा बढी स्थानिय पत्रकारहरुको कार्यक्रममा सहभागिता रहेको थियो । 

हिमाल पारीको जिल्ला मनाङमा नेपाल प्रेस युनियनको शाखा विस्तार भएसँगै लोकतान्त्रिक पत्रकारहरु उत्साहित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ