arrow

गिद्ध संरक्षणमा बुद्धभुमिको चासो

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ जेठ १७ बिहिबार
vulture.jpg

कपिलवस्तु । प्रकितिको कुचिकारको रुपमा रहेको पक्षीं गिद्ध सरक्षण गर्नको लागी बुद्धभुमी नगरपालिकाले चासो लिएको छ । तिलौराकोट साझेदारी वन तथा ३ दर्जन वढि सामुदायिक वन क्षेत्र रहेको  नगरपालिकाले गिद्ध सरक्षण्को लागी वासस्थान संरक्षणमा योगदान गर्ने नगरपालिकाले जनाएको छ । पिस नेपाल र  नगरपालिकाको सयुक्त आयोजनामा गोरुसिंगेमा भएको गिद्ध संरक्षणमा सरोकारवालाहरुको भुमिका विषयक अन्र्तरक्रियामा नगरकार्यपालिकाका प्रतिनिधीले यस्तो जनाएका हुन् ।

नगर प्रमुख केशव कुमार श्रेष्ठले गिद्धले वातावरण संरक्षणमा महत्वपुर्ण योगदान दिने तर गिद्धको सख्यामा कमी भएको कारण संरक्षणमा नगरपालिका लाग्ने बताए । कपिलवस्तुको उत्तरी क्षेत्रमा गिद्धको वासस्थानको लागी अग्ला रुखहरु केही रहेकोमा अवका दिनमा नयां रुखहरु लगाएर भएपनि गिद्धको वासस्थान जोगाउन सबै मिलेर काम गर्नु पर्ने श्रेष्ठले बताए ।  साथै कुनै एक निश्चित स्वास्थ्यलाई हानिकारक नहुने स्थानमा मरको पशुहरु व्यवस्थान गरि गिद्धको आहार व्यवस्थापन गर्न सम्भाव्य स्थान खोजिने समेत उनले बताए । सो अवसरमा नेपाल पक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले गिद्ध लोप हुने कारण गिद्धको महत्व, सरक्षणका उपाय तथा स्थानीय तहको भुमिका विषयमा चर्चा गरेका थिए ।

 सो अवसरमा स्थानीय सामुदायिक वनका अध्यक्ष युद्ध ध्वज जिसीले आगामी दिनमा गिद्धहरु वस्ने रुखहरु वृक्षारोपण गर्ने र त्यसको लगाी यसै वर्ष वाट योजना वनाउने बताए । उत वन कार्यालयका प्रतिनिधी रविन्द्रनाथ खनालले गिद्धको वासस्थान संरक्षण गर्नको  लगाी आवश्यक पर्ने विरुवा वितरण गरी वृक्षारोपण गर्ने वताए । पशु सेवा शाखाका भोजराज पाण्डेले पशुमा प्रयोग हुने डाइक्लोफेनीक औषधी पुर्ण रुपमा प्रतिवन्ध गरिएको जनाए पहिले पहिले उक्त औषधी प्रयोग गरेको जनावरको सिनो गिद्धले खादा गिद्धको मृगौलामा असर गरि गिद्ध मर्ने गरेको खनालले बताए ।

 पशुपक्षि औषधी व्ययसायी सघ ५ नं प्रदेश सदस्य युवराज घिमिरेले गिद्ध तथा अन्य चराचुरिलाई असर गर्ने औषधी विक्री वितरणमा रोक लगाउनुका साथै स्थानीय एग्रोभेटहरुमा नियमित अनुगमन गर्ने गरेको बताए । सो अवसरमा नगर उप प्रमुख मिरा थारु, पिस नेपालका अध्यक्ष सदानन्द प्रसाद चौधरी, वडा अध्यक्ष खुमानन्द खनाल, नेल्टाका अध्यक्ष मोति प्रोख्रेल , पत्रकार किरणमान वर्जाचार्यले गिद्ध संरक्षणमा गर्नु पर्ने कामहरुको वारेमा चर्चा गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ