arrow

प्रहरीले व्यापारी माथि ज्यादती गरेको भन्दै कलैया बजार बन्द

logo
मुकेश यादव,
प्रकाशित २०७५ जेठ १७ बिहिबार
kailali_(2).jpg

बारा ।  बारा उधोग वाणिज्य संघको आह्वानमा  कलैया बजार बिहिवार बन्द गरेका छन । प्रहरीले व्यापारीमाथि ज्यादती गरेको भन्दै कलैयामा बसेका व्यापारीहरुको बैठकले बन्दको घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटी गएको टोलीले कलैया उपमहानगरपालिका १ स्थित रहेको मनिता एग्रो ईन्टरप्राईजेजमा बुधबार छापामारी गरेपछि व्यापारीहरू आक्रोशित भई बजार बन्दको घोषणा गर्नु परेको बारा उधोग वाणिज्य संघका अध्यक्ष विनोद साहले बताए ।

ईजाजत बिना प्रहरीले छापा मारेपछि बजार बन्द गर्नु परेको हो, अध्यक्ष साहले भने छापा मार्ने क्रममा आन्तरीक राजस्व कार्यालयको सहभागिता बिना आफै छापामारी गरेको छ त्यो नियमको उल्घंन भएको छ । छापामारीको क्रममा पसलका सञ्चालक पवनकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिन खोजेका व्यापारीहरूले आरोप लगाएका छन । प्रहरीले दादागिरी शैलीमा गरेको छापामारीले व्यापारीहरू त्रसित बनेको र व्यापारीहरूले बजार बन्द गरेर जिल्ला प्रशासन कार्यालय बारामा सांचो बुझाउने अध्यक्ष साहले बताए ।

 छापामार्ने क्रममा जिल्ला कृषि बिकास कार्यालय प्रतिनिधिले कुनै सामाग्रि प्रतिबन्धित नरहेको, पछि सिडियो कार्यालयमा आएका आन्तरिक राजस्वका कर्मचारीले समेत कर छलि नभएको रिपोर्ट दिएपछि  प्रहरीले ल्यापटप लग्न मांगगरेपछि व्यापारीले लग्न नदिने अडान राखेपछि केहिबेर स्थिति तनावग्रस्त बनेको थियो । त्यसपछि बिहिवार बिहान ८ बजे पसल खोल्न र त्यसबेला आन्तरीक राजस्वका कर्मचारीले स्टक भेरीफाई गर्ने सम्झौता भएको थियो । आन्तरीक राजस्वका कर्मचारी नआउंदा व्यापारीले पसल खोल्न जांदा प्रहरीले पसल खोल्न नदिएपछि व्यापारी आक्रोशित भई आन्दोलनमा उत्रेका छन ।


बाराका प्रहरी उपरीक्षक मीरा चौधरीले पसलहरूमा प्रहरीले छापा नमारेको बताइन्। व्यापारीहरूले नियम बिपरीत कार्य गरेको थाहा पाएपछि त्यसको जानकारी लिने काम मात्रै भएको बताइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ