arrow

सुन काण्ड : कुरै खोल्दैनन् खत्री, यो पनि होइन त्यो पनि होइन भन्छन् 

logo
प्रकाशित २०७५ जेठ १७ बिहिबार
shyambahadur-khatri-new.jpeg

काठमाडौं । सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बताएका छन् । बिहीबार मोरङ जिल्ला अदालतमा  आत्मसर्पण गरेका उनले बयानका क्रममा उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि हुँदैन भने । 
आत्मसमर्पण गरेलगत्तै उनलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयानका लागि लगियो । उनले करिब ५ घण्टा बयान दिए । बयानमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको कुरा मलाई थाहै छैन, भने । सुन तस्करहरुलाई सघाए वापत रुपैयाँ लिने गरेको कुरा पनि साँचो हुँदै होइन, भन्दिए खत्रीले ।

अभियोगमा भने अनुसार उनीबाट केही कुरा बकाउन सकेन अदालतले । उनले बयानमा यो पनि होइन त्यो पनि होइन भनेपछि थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिइएको हो । 
खत्रीको बयान सकिएपछि सरकारीपक्षबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरे । खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरे । 

किलोका–किलो सुन तस्करीमा मुछिएपछि उनी फरार रहे । फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सूचना जारी थियो । खत्री कयौँ सयम भारतको देहरादुनमा लुके ।एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । २०७३ चैत ४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

यो मुद्दामा पूर्व डिआईजी गोविन्दप्रसाद निरौलासहित २८ अभियोगिलाई यसअघि नै अदालतले थुनामा राखेर छानविन गर्न भनिसकेको छ । यसअघि थुनामा परेकाहरु सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा छन् । 

प्रहरीले नियन्त्रणमा लिएका ३० अभियोगि मध्ये एसएसपी खत्रीका चालक एवं प्रहरी जवान बिष्णुबहादुर खड्का जिल्ला अदालतबाट १५ हजार रुपैयाँ धरौटीमा रिहा भए । यस्तै, खत्रीका अंगरक्षक अम्मरबहादुर थापा साधारण तारेखमा रिहा भएका थिए । 

खत्रीलाई थुनामा राख्न आदेश 
सुन तस्करी काण्डका अभियुक्त एसएसपी खत्रीलाई मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सुन तस्करीमा संलग्न रहेको भन्दै एसएसपी खत्रीलाई थुना राख्न आदेश गरेको हो । मोरङ जिल्ला अदालतमा आत्मसर्पण गरेपछि उनको विहिबार बयान भएको थियो । 

जिल्ला न्यायाधिवक्ताको कार्यालय मोरङले वैशाख १९ गते १७ अरब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा विगो माग गर्दै खत्रीसहित ६३ जनाविरुद्ध आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार,  अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ