arrow

सहकारीको भ्रमण टोली चढेको बस दुर्घटना, १३ को मृत्यु

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
palpa-accident.jpg

पाल्पा । बस दुर्घटनामा परि पाल्पामा १३ जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका –४ हुमिनमा भएको बस दुर्घटनामा यति धैरै मानवीय क्षति भएको हो । 

तानसेनका छत्रमान शाक्य, देवेन्द्र प्रधान, विष्णुमान बज्राचार्य, कृष्णमान बज्राचार्य र सुशील श्रेष्ठको घटनास्थलमै तथा सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा मृत्यु भएको पाल्पा प्रहरीले पुष्टि गरेको छ ।   

मृत्यु भएका अन्यको नाम खुलेको छैन । सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको (लु २ ख ९७५नम्बर) बस दुर्घटना भएको हो । 

घाइतेमध्ये १० जनाको युनाइटेड  मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको पाल्पा प्रहरीले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ