arrow

पाल्पा दुर्घटना : मृत्यु हुने १३ मध्ये १२ को सनाखत (अपडेट)

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
palpa-accident.jpg

पाल्पा । रम्भा गाउँपालिका–४, हुमिनको धारादी वनमा बस दुर्घटनामा मृत्यु भएका १३ जना मध्ये १२ जनाको सनाखत भएको छ ।

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् ।

रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ