arrow

फोरमले लगायो दुई मन्त्रीको टुङ्गो : उपेन्द्रले स्वास्थ्यमन्त्री खाने

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने दुई मन्त्रीहरूको नाम टुंगो लगाएको छ । फोरम नेपालबाट अध्यक्ष उपेन्द्र यादव  स्वास्थ्यमन्त्री बन्ने भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार विस्तार गर्ने मन्त्रिपरिषदमा अध्यक्ष यादव आँफै सहभागी हुने भएका हुन् ।

यस्तै शहरी विकास मन्त्रालय सम्हाल्ने गरी मोहम्मद इश्तियाका राईको नाम तय भएको छ ।  सपथ दिउँसो ३ बजे शीतल निवासमा हुने फोरम निकट एक नेताले जानकारी दिए ।

दुई बुँदे सम्झौता गर्दै फोरम वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारमा सहभागी हुने फोरमले केहीदिनअघि निर्णय गरेको थियो । उसले शहरी विकास र स्वास्थ्य मन्त्रालय पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ