arrow

विशेष महाधिवेशनबाट सभापति हटाउने पक्षमा छैनौं : शेखर कोइराला

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
shekhar-koirala3.jpg

संखुवासभा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफुहरू बिशेष महाधिवेशन गरेर सभापति शेरबहादुर देउवालाई हटाउने पक्षमा नरहेको बताएका छन् । नेपाली कांग्रेस संखुवासभाले खाँदबारीमा आयोजना गरेको अभिमुखीकरण गोष्ठीलाई संबोधन गर्दै कोइरालाले  विधान अनूसार महाधिवेशन गरेर पार्टीलाई पुनर्जिवन दिनुपर्नेमा जोड दिए ।

कोइरालाले भने-“पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोस, यदी बिधान अनुसार हिड्न सक्नूहून्न भने सहमती अनुसार हिड्नूहोस।”  कोइरालाले पार्टीको विधानलाई अक्षरंस पालना गर्नूपर्ने बताउदै देश संघियतामा प्रवेस गरिसकेपछी पनी कांग्रेसले प्रादेशिक संरचना बनाउँन नसकेको सुनाए ।  

कोइरालाले बिधान अनूसार अहिलेको केन्द्रिय कार्यसमितीको समय अब १ बर्ष नौ महिना मात्रै बाँकी रहेकोले यो समय भित्रै महाधिवेशन हूनूपर्नेमा जोड दिए । कोइरालाले कुनैपनी गुट-उपगुटमा नलागी पार्टी पुनर्संरचनामा जुट्न कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य गुरूराज घिमिरे, पूर्वराज्यमन्त्रीहरू-तारामान गुरुंग र दिपक खड्काले अब पूरानो परिपाटीले पार्टी नचल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ