arrow

पाल्पा दुर्घटना : घाइते हुने १० मध्ये २ को अवस्था गम्भीर (अपडेट)

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
palpa-accidents.png

पाल्पा । पाल्पाको तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका ४ हुमिनको धाराबनमा दुर्घटना भएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा  जादै गरेको बस शुक्रबार बिहान ९:१५ बजे दुर्घटना भएको हो ।

 रातभर आएको अविरल वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान रहेको प्रहरीले जनाएको छ । बस सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन् । मृत्यु हुनेमा सहकारीका अध्यक्ष तानसेन ४ का विष्णुमान बज्राचार्य सहित तानसेन ३ का देवेन्द्रलाला प्रधान,कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण,कमला कार्की, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, गीता बुढाथोकी, दुर्गाबहादुर सारु,   सहकारी डिभिजन पाल्पा प्रमूख तानसेन ४ का कृष्णबहादुर बोहोरा,  तानसेन २ का  कानुनी व्यवसायी लोकप्रसाद ढकाल र  सचिन बज्राचार्य रहेका छन्  ।

 एक जना महिलाको नाम खुल्न सकेको छैन । कमला कार्कीको लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते हुनेहरुमा तानपा–२ का प्रफुल्ल शर्मा, ओम मलेगो, तानपा ६ का सहचालक विमल रज्जन,मिना खाम्चा, चालक अर्जुन थापा,  तानपा ३ का उत्तमकुमार बज्राचार्य, मुना सारु, र तानसेन कै पुनमाया महर्जन, शन्तम बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् । प्रविन बज्राचार्य र मुना सारुको अवस्था चिन्ताजनक रहेको छ ।

उनीहरु र ओम मलेगो, मिना खाम्चा, पूर्णमाया महजृनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने अन्यको मिसन हस्पिटलमा उपचार भइरहेको छ । विद्युत अवरोधको कारण फोन सम्पर्क हुन नसक्दा घाइते र मृत्युको विवरण प्राप्त गर्न असज भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोद घिमिरेले बताए । दुर्घटनाको विवरण आउन अझै बाँकी रहेको प्रहरीले जानकारी दिएको छ  । दुर्घटनामा पर्ने सबै तानसेनका ठूला व्यवसायी रहेका छन् ।  पाल्पा जिल्ला नै शोकमा डुबेको छ । जिल्लाका ब्यापारीहरुले पसलै बन्द गरेका छन् । यतिखेर मृत्यु भएकाहरुको जिल्ला अस्पतालमा पोष्टमार्टका लागि धमाधम लिने काम भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल परिसर मृतकका आफ्न्तले शोकमा डुबेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ