arrow

देउवाले दिए पाल्पा दुर्घटनामा मृत्यु हुनेलाई समवेदना

logo
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पार्टी सभापति देउवाले शुक्रवार एक शोक सन्देश जारी गरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा परी १२ जनाको मृत्यु हुनाका साथै १५ जना घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ