arrow

पाल्पा दुर्घटनामा मृत्यु भएका को थिए बोहोरा ?

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
bohora.jpg

पाल्पा । सहकारीको अध्ययन अबलोकन भ्रमणका लागि निस्किएको बस दुर्घटनामा जिल्ला सहकारी डिभिजन कार्यालय प्रमुख कृष्ण बहादुर बोहोरा सहित १३ को निधन भएको छ ।

 तानसेनमा रहेको लक्ष्मी बचत तथा क्रृण सहकारी संस्थाका सञ्चालक, शेयर सदस्य, कर्मचारी लगायतको टोली रामपुरको अन्धकार मुक्ति बचत तथा क्रृण सहकारीको अबलोकनका लागि आएको थियो । स्थायी घर पाल्पा नै भएका बोहोरा बिगत २ बषैदेखि सहकारी डिभिजन कार्यलय प्रमुखको रुपमा पाल्पामा नै कार्यरत रहेका थिए । ५४ बर्षे बोहोरा तानसेन नगरपालिका ४ बन्दीपोखराका  हुन् । यस अघि बोहोरा धादिङ डिभिजन सहकारीमा कार्यरत थिए । रभ्मा गाउँपालिका ४ हुमिनमा भएको लु २ ख ९७५ नम्बरको बस दुर्घटनामा अन्य १२ ले पनि ज्यान गुमाउनु पर्‍यो । मृतक सबै तानसेनका भएकाले बजार तानसेन शुक्रबार दिनभर शोकमा डुब्यो ।

दुर्घटनामा मृत्यु हुनेमा तानपा ४ का लक्ष्मी बचत तथा क्रृण सहकारीका अध्यक्ष बिष्णुमान बज्राचार्य, तानपा ३ का देवेन्द्रलाल प्रधान र कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा ६ का शुसिल प्रसाद श्रेष्ठ, तानपा ४ का कृष्ण बहादुर बोहोरा, तानपा ६ का दुर्गा बहादुर सारु, र गिता बुढाथोकी , सचिन बज्राचार्य, तानपा २ का लोकनाथ ढकाल, तानपा ३ का बसन्ती खाँण, र तानपा ३ कै कमला कार्की रहेका छन् । अर्का एक महिलाको नाम खुलेको छैन ।

मृत्यु भएका मध्ये सचिन बज्राचार्यको मिसनमा र कमला कार्कीको लुम्बिनी मेडिकलमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमा मृत्यु भएको हो । मिसनमा उपचार गराईरहेका घाइतेहरुमा प्रफुल्ला शर्मा, बिमल रन्जन (सहचालक), उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, मुना सारु र अर्जुन थापा(चालक) र प्रबिण बज्राचार्य रहेको मिसनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ