arrow

पाल्पा (अपडेट) :दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ घाइते

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
palpabus.JPG

पाल्पा । पाल्पाको तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका ४ हुमिनको धारावनमा दुर्घटना भएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा  जादै गरेको बस शुक्रबार बिहान ९: १५ बजे दुर्घटना भएको हो ।

 रातभर आएको अविरल वर्षाका कारण सडक भासिएर दुर्घटना भएको हुनसक्ने  अनुमान रहेको प्रहरीले जनाएको छ । बस सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने  ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा  सहकारीका अध्यक्ष तानसेन ४ का ५० वर्षीय विष्णुमान बज्राचार्य र उनका ४३ वर्षीय भाई सचिन बज्रचार्यका रहेका छन् ।

त्यस्तै  सहकारी डिभिजन पाल्पा प्रमूख तानसेन ४ निवासी ५० वर्षीय कृष्णबहादुर बोहोरा,  ५९ वर्षीय कानुनी व्यवसायी तानसेन २ का लोकप्रसाद ढकाल, त्यस्तै तानसेन ३ का ४७ वर्षीय  देवेन्द्रलाल प्रधान, ५८ वर्षीय कृष्णमान बज्राचार्य, ६० वर्षका छत्रमान शाक्य, ३९ वर्षीय बसन्ती खाँण, ४२ वर्षीय कमला कार्की, तानसेन ६ का  ५९ वर्षीय सुशिलप्रसाद श्रेष्ठ,  २९ वर्षकी गीता बुढाथोकी, ६२ वर्षका  दुर्गाबहादुर सारु, ६२ वर्षकी दुर्गदेवी श्रेष्ठ र ३७ वर्षीय मुना सारु  रहेका छन्  ।  कमला कार्की, मुना सारु को लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य, दुर्ग देवी श्रेष्ठको मिसन अस्पतालमा र अन्यको घटानास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते हुनेहरुमा तानपा–२ का प्रफुल्ल शर्मा, ओम मलेगो, तानपा ६ का सहचालक विमल रज्जन,मिना खाम्चा, चालक अर्जुन थापा,  तानपा ३ का उत्तमकुमार बज्राचार्य, तानसेन कै पुनमाया महर्जन, शन्तम बज्राचार्य, प्रविन बज्राचार्य रहेका छन् । घाइते प्रविन बज्रचार्य, अर्जुन थापा र शन्तम बज्रचार्यलाई शुक्रबार नै हेलिकप्टर मार्फत काठमाडौं रिफर गरिएको छ । ओम मलेगो, मिना खाम्चा, पूर्णमाया मर्हजनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने अन्यको मिसन हस्पिटलमा उपचार भइरहेको छ ।

 विद्युत अवरोधको कारण फोन सम्पर्क हुन नसक्दा घाइते र मृत्युको विवरण प्राप्त गर्न असज भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोद घिमिरेले बताए । दुर्घटनामा पर्ने सबै तानसेनका ठूला व्यवसायी रहेका छन् ।  उनीहरुको निधनले तानसेन सदरमुकाम शोकाकुल छ । ज्यान गुमाएको शोकमा शुक्रबारबार तानसेन सदरमुकामका अधिकांस पसलहरु बन्द रहेका थिए  । मृत्य प्रति विभिन्न संघसंस्थाले शोक व्यक्त निकालेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ