arrow

पाल्पा दुर्घटना : एकै घरका दाजुभाईको मृत्यु

'जीपलाई साइड दिन बस ब्याक गर्दा दुर्घटना'

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
palpa-accident.png

पाल्पा । पाल्पाको हुमिनमा भएको बस दुर्घटनामा एकै घरका दाजुभाईको मृत्यु भएको छ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका बिष्णुमान बज्राचार्य र सचिन बज्राचार्यको निधन भएको हो ।

दुर्घटना बज्राचार्य द्वयसहित तानपा–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा ६ का सुशीलप्रसाद श्रेष्ठ, डिभिजन सहकारी पाल्पाका प्रमुख तानपा ४ का कृष्णबहादुर बोहोरा, तानपा ६ दर्गा बहादुर सारु, तानपा–२ लोकनाथ ढकाल, तानपा–३ कमला कार्की, वसन्ती खाँण, तानपा ६ गीता बुढाथाकी, तानपा– ५ दुर्गा श्रेष्ठ, मुना सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको समुह लिएर रामपुरको अन्धकार मुक्ति बचत तथा क्रृण सहकारीको अवलोकन भ्रमणमा लागि हिडेको लु २ त ९७५ नं बस रम्भा गाउँपालिका ४ हुमीनमा दुर्घटना भएको थियो । बस सडकभन्दा डेढसय मिटर तल खसेको छ । अन्य घाइतेहरु प्रफुल्ल शर्मा ,विमल रन्जन, उत्तम कुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा ,अर्जुन थापा, प्रविण बज्राचार्य, सन्तम ब्रजा्रचार्य र पुर्णमाया महर्जनको मिशन अस्पताल तानसेन र लुम्बेनि मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा २३ जना यात्रु रहको प्रहरीले जनाको छ । जिपलाई साइड दिन बसलाई ब्याक गर्नेक्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

निधन भएका सबै तानसेनका बासिन्दा र व्यापारी भएकोले तानसेन बजार दिनभर बन्द भयो । दुर्घटनाप्रति पाल्पाका राजनितिक दल, व्यापारिक संस्था, सहकारी संस्थाहरु र आफ्नो सहकारीको अबलोकनमा आएको बस दुर्घटनापछि अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले प्रेस बिज्ञप्ति निकालेर दुःख व्यक्त गरेका छन् भने घाइतेको राम्रो उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ