arrow

ढुंगेललाई सफाई दिनु पहिले पीडितलाई सोध्नु पर्थ्यो : सिटौला

कम्युनिष्टलाई तानाशाही बन्न जनताले बहुमत दिएका होइनन्

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ १८ शुक्रबार
sitoula.JPG

बुटवल ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले   हालै सरकारले रिहाइ गरेका बालकृष्ण ढुंगेल प्रकरणमा सरकारले सफाई दिन खोजेमा पिडितपक्षको सहमतिबाट मात्र निर्णय लिनुपर्ने बताउँदै उनले सरकारले गल्ती गरेको बताए । रिपोर्टर्स क्लव नेपाल ५ न प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने–‘ राज्यले सफाई दिने अवस्थामा पिडित पक्षको पनि सहमतीले मिनाह हुन्छ । राज्य आफैले माफि दिन उपयुक्त ठान्छ भने पिडित पक्षलाई सोध्नुपर्छ ।’

उनले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताए । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक रहेको बताए ।  ‘महासमितिमा बैठकमा कुराहरु राखिन्छ ’ – उनले भने –‘ नयाँ कार्यदिशाले मात्रै सबै क्षेत्रमा प्रतिपक्षको भुमिकामा रहने छ । ’   पूर्व  महामन्त्री समेत रहेका सिटौलाले नेपाली कांग्रेसमा केहि बिषयमा बादबिबाद भईरहेको बताउँदै यसले नेपाली कांग्रेसलाई जिवन्त राखेको बताए । उनले भने –‘ हाम्रो पार्टि स्वस्फूर्त छ , कांग्रेसको अरुको भन्दा फरक चरित्र छ । स्वाभीमान ब्यक्ति मात्र कांग्रेस बनेको छ यसमा जबरजस्ती कसैलाई पार्टि प्रवेश गराईएको छैन् । ’

नेपाल र कांग्रेसको सम्बन्ध एक अर्कामा परिपुरक जस्तो भएको भन्दै प्रतिपक्षमै भएपनि कांग्रेसले नेपाल बचाउने बताए  ।
सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रम सिधै पास गर्नु नै कांग्रेसको गल्ती भएको बताए ।  उनले राजनितिक दलबाट सामन्ती प्रभाव हट्नुपर्ने बताए । उनले राजनितिक दलमा हावी रहको सामन्ती संस्कार नहट्दा सम्म पार्टि जिवन्त नरहेने बताए ।  ‘सिंगो राजनितिमा बिकृति छ सामन्ती सरकारको प्रबृत्ति छ । पार्टिभित्र भईरहेको सामन्ती प्रभाव हट्न सकेनन् । – उनले भने । ’

पूर्व महामन्त्री सिटौलाले टिप्पणि गर्नुपर्ने बेला नआएको बताए । उनले केन्द्रमा बल्ल बजेट आएको बताउँदै प्रदेशलाई निर्देशन दिने निकाय पनि नभएको बताए । संघियताको पहिलो अभ्यासको प्रक्रियामा रहेको बताउँदै ५ वर्षपछि केही टिप्पणि गर्न सकिने बताए ।

सरकारको कामबाट सन्तुष्ट हुन नसकिने भन्दै उनले सरकारले बहुमतको दम्भ देखाउन खोजेको आरोप लगाए ।
राजनितिक दलका नेताहरुले आफ्नो स्वार्थ भन्दा माथी उठेर कार्य गर्नुपर्ने भएपनि त्यसलाई परिवर्तन गरेर आफ्नो मात्र हेरीएको बताउँदै यो समन्ती र चाकडीपना भएको बताए ।

सरकार तानाशाहि बन्ने कोशिषमा लागेको भन्दै उनले जनताले बहुमतको शासन चलाउन अधिकार दिएपनि तानाशाहि बन्न नदिएको उल्लेख गरे । मुलुकले राजनितिक स्थायीत्व नभए सम्म देश ठिक नहुने बताउँदै सरकारले आफ्नो कार्य सहि रुपमा सफल गरोस भन्दै शुभकामना ब्यक्त गरे ।

सामन्ती संस्कार अन्त्य गर्ने कुरा गरीरहँदा कांग्रेसमा पनि केही आमूल परिवर्तनको आवश्यकता रहेको बताए । सरकारसंग बहुमतको शासन भएको बताउँदे तानाशाही बन्न कोही खोज्न नहुने बताए ।  कुनैपनि पनि पार्टिभित्र रहेको सामन्ती संस्कार हटाउनुपर्ने उनको जोड छ ।

नेपाली कागसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सरकारल् पेश गरेको  बजेट उत्साहीत नभएको बताएका छन् । उनले देशलाई आत्मनिर्भर बन्ने कुराहरु र बैदेशिक रोजगारीमा युवाहरुलाई पठाउने निति राम्रो नभएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ