arrow

तंग्रिएर घर फर्किँदै राष्ट्रकवि

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
ghimire.JPG

काठमार्डौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपछि घर फर्किँदै छन् । भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई स्वस्थ्य भएपछि उनलाई घर ल्याउन लागिएको छोरी उषा अधिकारीले जानकारी दिईन । 

राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि गएको सोमबार याबिनमा सारिएको थियो । त्यसअघि उनलाई उच्च हेरचाह ईकाईमा राखेर उपचार गरिएको थियो । 

नयाँदिल्ली जानुअघि घिमिरेलाई वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिकामा आन्द्राबाट भएको भित्रि रक्तश्राव रोकिएन । ग्राण्डीमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने घोषणा गरेका थियो । त्यो लगत्तै ९९ वर्षीय घिमिरेलाई उपचारका लागि भारत लगिएको हो ।  ाष्ट्रकवि घिमिरे दिउँसो १२ बजे काठमाडौँ आइपुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ