arrow

वयलगाडाको पाराले वायुपंखे नारा सार्थक हुंदैनः विश्वप्रकाश शर्मा

logo
शरद रेग्मी
प्रकाशित २०७५ जेठ १९ शनिबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

दाङ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दा पनि बढी महत्वाकांक्षी भएको बताएका छन्। प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले भने वर्तमान सरकारको अवस्था वायुपंखि घोडाको नारा, वयलगाडाको पारा जस्तै छ।

युनियन दाङका कोषाध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटमा करको दर बढाइएको भन्दै दायरा नबढाएसम्म बजेटको लक्ष्य पुरा हुन कठिन हुने बताए। 

प्रवक्ता शर्माले अहिले वामपन्थीहरुको दुईतिहाइ वहुमतको सरकार गठन भएकोले  सरकारका सकारात्मक कामको समर्थन गर्ने र सरकारको कमजोरी औल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षिको भुमिका निर्वाह गर्ने रणनिति अपनाएको बताए। काँग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटवन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको उल्लेख गर्दैअव पार्टीलाइ नविनतम बनाउन लागिएको दावी गर्दै यसै अभियान अन्तर्गत  सवै नेताहरु देशदौडाहामा लागेको शर्माले बताए।

‘कांग्रेसले नेतृत्व गरेको सरकारलाइ जति चुनौतिहरु थिए, अहिले ओलि नेतृत्वको सरकारलाइ छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक बृद्धीदरलाइ ८ अंकमा पुर्‍याउन सकेन भने त्यो सवैभन्दा दुर्भाग्य हुनेछ’—नेता शर्माले भने। उनले वर्तमान सरकार भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणकावेला राष्ट्रियताको सवालमा चुकेको बताए।

प्रवक्ता शर्माले मुलुक संघिय संरचनामा प्रवेश गरीसकेको अवस्थामा पनि पार्टिमा पुर्नसंरचना हुन नसक्नुका कारण निर्वाचनमा समेत केहि जटिल समस्या देखिएको भन्दै आउंदो भदौ महिनाभित्रै पार्टी नयां शिराबाट अघि बढ्ने बताए। ‘भदौमा हुने महासमिति बैठकले पार्टीको विधान संसोधन गरेलगत्तै पार्टी पुर्नसंरचनामा प्रवेश गर्छ’—प्रवक्ता शर्माले भने, पुर्नसंरचनापछि पार्टी नयां ढंगले अघि बढ्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ