arrow

नदीमा डुबेका बालकको शब ५औं दिनमा भेटियो

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ १९ शनिबार
death-river.jpg

पाल्पा। जेठ १५ गतेदेखि नदीमा वेपत्ता भएका एक वालकको शब शनिवार फेला परेको छ। साथीहरुसँगै नदीमा पौडी खेल्न जाँदा डुवेर बेपत्ता भएका बालक मिलन नेपालीको शब शनिवार ५ औं दिनमा भेटिएको हो।

रामपुर नगरपालिका ४ बस्ने मिलन नेपाली पौडी खेल्न कोप्चे घाटमा साथीहरुसँगै गएका थिए ।

गणतन्त्र दिवसको बिदाको दिन साथीहरु मिलेर नदीमा माछा मार्न, पौडी खेल्न मिलन पनि गएका थिए ।

मिलनको शब रामपुर ३ को केलादीघाट नजिक नदिमा तैरिरहेको अबस्थामा  स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

मृतकको शब पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ