arrow

नेकपा अन्डरलाइनका विद्यार्थी नेताले कुटे काँग्रेसका विद्यार्थी नेता

logo
प्रकाशित २०७५ जेठ १९ शनिबार
dinesh-jamarkattel.jpg

बैतडी। बैतडीको गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू कोषाध्यक्ष दिनेश जमरकट्टेल र स्ववियु सदस्य महेश बुढामगरमाथी अनेरास्ववियूका कार्यकर्ताले आक्रमण गरेका छन् ।    

शुक्रबार साँझ उनिमाथी गोकुलेश्वर कृषि क्याम्पसकै प्रारम्भिक कमिटीका अध्यक्ष  कुबेर रोकाया, सचिव मनसुन दाहाललगायतले आक्रमण गरेको जमरकट्टेलले बताएका छन् । 

साँझ केहि नयाँ विद्यार्थीसहित क्यान्टिनमा खाना खान हिँडेका जमरकट्टेलमाथि एकाएक रोकाय र दाहालले आक्रमण गरेको उनको भनाई छ। 

सुरुमा दाहालले  हातपात गरेको र त्यसलगत्तै रोकायले पनि हातपात गर्न थालेपछि आफू त्यहाँबाट उम्किएर भागेको जमरकट्टेलले बताए। 

केहि समय पहिले नेपाली काँग्रेस निकट नेविसंघका कार्यकर्ता र नेकपा अन्डरलाइन निकट अखिलका कार्यकर्ताबीच सामान्य विवाद भएको र त्यसबारे बेखबर जमरकट्टेल र मगरमाथी शुक्रवार साँझमा एकाएक आक्रमण भएको बताइएको छ। 

यसैबीच नेविसंघ केन्द्रीय समितिका तर्फबाट महामन्त्री कुन्दन काफ्लेले घटनाको भत्सर्ना गरेका छन् । साथै गोकुलेश्वर कृषि क्याम्पस स्ववियुले पनि घटनाको घोर भर्सना गर्दै दोषिलाई कारबाही माग गरेको छ।

स्ववियु सभापति राजेन्द्र बमले क्याम्पस हाताभित्र गुण्डागर्दीलाई कुनै हालतमा सहन नसकिने बताउदै घटनाको निस्पक्ष छानविन नभए स्ववियुको नेतृत्वमा नै आन्दोलन शुरू हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ