नेपाल प्रहरीका ५५ निरीक्षकलाई नायब उपरीक्षकमा बढुवा सिफारिस, को को परे ?
प्रकाशित २०७५ जेठ २० आइतबार
321
Shares
काठमाडौं । नेपाल प्रहरीमा धमाधम बढुवा सिफारिस भइरहेको छ । यसपटक जनपद प्रहरीका ५५ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिश गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सिफारिसमा बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोख्रेलको हस्ताक्षर रहेको छ ।