- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन मात्र ११ दिन बाँकी रहँदा जारी वार्मअप अन्तर्गतको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इंगल्याण्ड विजयी भएको छ ।
इंगल्याण्डले नाइजेरियालाई २–१ ले हराएको हो । घरेलु वेम्बले मैदानमा भएको खेलमा इंगल्याण्डको जितमा गेरि काहिल र ह्यारि कानेले १–१ गोल गरे ।
काहिलले ७ मिनेटमा र कानेले ३९ मिनेटमा गोल गरेका थिए । नाइजेरियाका एलेक्स आइवोवीले ४७ मिनेटमा गोल फर्काएका थिए ।
खेलमा इंगल्याण्ड फर्ममा देखिएको थियो । नियन्त्रणमा देखिएको थियो ।
विश्वकपमा इंगल्याण्ड समुह जी मा रहेको छ । यो समुहमा बेल्जियम, पानामा र ट्युनिसिया रहेको छ ।
मैत्रिपूर्ण खेलमा चीनले थाइल्याण्डलाई २–० ले हरायो । केन्याले न्युजिल्याण्डलाई २–१ ले हरायो । लात्भियाले इस्टोनियालाई १–० ले हरायो ।
लेसोथोले स्वाजिल्याण्डलाई १–० ले हरायो । स्लोभेनियाले मोन्टेनेग्रोलाई २–० ले हरायो । आयरल्याण्डले अमेरिकालाई २–१ ले हरायो ।
विश्वकपको समुह सी मा रहेको आइसल्याण्ड नर्वेसंग ३–२ ले हरायो ।