arrow

आरोहणको क्षेत्रमा सबैभन्दा जेठो अन्नपूर्ण हिमालको आरोहण दिवस 

logo
प्रकाशित २०७५ जेठ २० आइतबार
annapurna.JPG

काठमाडौं । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइने गरिन्छ । अन्नपूर्णको प्रथम आरोहण गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । 

अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो । 

                         

अन्नपुर्ण मार्दी हिमालको तस्वीर 
अन्नपूर्ण हिमाल र यस आसपासको ७ हजार ६२९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरेर राखिएको छ  । जसअन्तर्गत मनाङ र मुस्ताङ जिल्लासहित म्याग्दीका तीन, कास्कीका १७ र लमजुङका आठवटा गाविसलाई यसले समेटेको छ ।

अन्नपूर्ण आरोहण दिवसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रअन्तर्गतका स्थल घान्द्रुक, ल्वाङ, सिक्लेस, भुजरुङ, जोमसोम, लोमान्थाङ र मनाङस्थित इलाका कार्यालयमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

दिवसका अवसरमा पर्वतारोहण संघ, अन्नपूर्ण पदमार्गमा अन्नपूर्ण म्याराथन र  ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल (टान)ले पनि दिवसका अवसरमा कार्यक्रम गरेको छ ।

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेश्रो चरणको कार्यक्रममा अन्नपुर्ण म्याराथन भएको छ । अन्नपूर्ण दिवसको अवसरमा अन्नपूर्ण सेन्चुरी पदयात्रा मार्गमा ‘अन्नपूर्ण म्याराथन’ सहित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन कास्कीको घान्द्रुकमा गरिएको छ ।

अन्नपूर्ण आधारशिविरबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथन माछापुच्छ«ृे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुँइल,े टाडापानी, भैंसीखर्क हुँदै घान्द्रुक पुगेर समापन गरिनेछ ।

म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ७० हजार र ५० हजार रुपैया“ पाउनेछन् । जेठ १५ मा धावकलाई पोखराबाट घान्द्रुक लगिएको थियो  । 

अन्नपूर्ण सर्किट पदयात्राका लागि स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये लगभग १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ